२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गरिने

फाइल तस्बिर

पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ। पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो।

आइतबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए। 'वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिइने छ।' उनले भने, 'आवश्यक सम्भाव्य अध्ययन गरिने छ।' उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका खेल मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिएका छन्।

तालमा खासगरी कायाक, रोईङ, बोट रेस, वाटर बल, वाटर स्की लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ। यद्यपी महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममा पहिलो पटक वाटर स्पोर्टसलाई समेट्दै सम्भाव्य अध्ययन गर्ने अठोट लिएको छ।

महानगरले साहसिक खेल प्रवद्र्धन गर्दै खेलकुदको शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको छ। खेलकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लगिने समेत नीति तथा कार्यक्रममा समेटिएको छ।

महानगर प्रमुख आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने महानगरभित्रका खेलाडीहरुको अभिलेख तयार गरी उचित प्रोत्साहन प्रदान गर्ने समेत उल्लेख गरेका छन्। विद्यार्थी लक्षित विद्यालयस्तरीय खेलकुद प्रतियोगितासँगै मेयर कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख छ। महानगरले खेलकुद क्षेत्रको सुदृढिकरण र खेलाडीहरुको क्षमता विकासका लागि खेल पूर्वाधारहरुको विकासमा जोड दिइने उल्लेख छ।  

प्रकाशित: १० असार २०८० १२:२३ आइतबार

बेगनास ताल