९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित

फाइल तस्वीर

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ। बाढीपहिराका कारण बाटोघाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।

गत शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका-८ आम्फुदिनका कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ।

जताततै पहिरो गएकाले बाटो अवरुद्ध छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ। बाढीपहिराका कारण बाटोघाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।

सिरिजङ्घा गाउँपालिकामा ४२ विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ विद्यालय रहेको छ। सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी छन्। तर, अहिले बाढीपहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता छन्। एक जनाको सोही दिन शव फेला परेको थियो। सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो। एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एकजना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: ७ असार २०८० ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App