अर्घाखाँची- आठ दिन देखि हराइरहेका मालारानी गाउँपालिका – ४ गौमुखे धाराका रामबहादुर नेपाली मृत अवस्थामा फेला गरेका छन्। ५८ वर्षिय नेपाली सन्धिखर्क नगरपालिका – ११ सिउडेनीको जगंलमा मृत अवस्थामा फेला परेका हुन।
बाटोबाट करिव ४५ मिटर तल उनको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले उनको लडेर मृत्यु भएको आशंका गरिएपनि थप अनुसन्धान भइरहेको बताए।
प्रकाशित: १७ वैशाख २०७४ ०९:३० आइतबार