९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

हजारौ श्रद्धालुको भीडमा गहवा माईको रथयात्रा

'जय गहवामाई' भन्ने जयकाराका साथ मंगलबार वीरञ्जमा हजारौं श्रद्धालुहरुको आवाज एकसाथ गुञ्जियो। वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए।

गहवामाई मन्दिरको सयौं वर्ष पुरानो इतिहास छ। तर माताको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक भव्ययताका साथ रथयात्रा निकालिएको हो। रथयात्रामा अगाडी युवाहरु देवीको रथ तान्दै थिए भने रथको संगसंगै हजारौंको सख्यामा महिला बालबालिका वृद्ध सबै उत्साहजनक रुपमा देवीको झण्डा हातमा समाइ झुम्दै थिए।

बाराको कलैयाबाट आएकि बबिता देवीले आफ्नो जिवनमा यस्तो वृहत रथ यात्रा नदेखेको सुनाइन्। उनले दशैको बेला सप्तमीको दिन मन्दिरमा आएर 'खोइच' भरेर जाने गरे पनि रथ यात्रामा पहिलो पटक सहभागी हुदाँ एकदम खुशी भएको बताइन्। वीरगञ्ज गहवाका अजय मिश्रा भन्छन्,'गहवामाइ हामी वीरगञ्जवासीको लागी देवी मात्र नभइ अभिभावक हुनुहुन्छ उहाँको इजाजत विना त हामीले कुनै काम नै गर्दैनौ, यस्तो भव्य रथयात्रामा हामी बिच धर्म र माता प्रतिको प्रेमको उत्साह जगाएको छ।'

गहवामाई मन्दिर परिसार अगाडिबाट बिहान साढे ६ बजे निकालिएको रथयात्रा घण्टाघर, छपकैया, विर्ता हुदैं पुनः बिहान ११ बजे मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो। राजधानी कठामाडौं पछि तराइ मधेश मैं पहिलो पटक भव्य रथयात्रा निकालिएका खबरले दर्शनार्थीको भिड बढेको आयोजकको भनाइ छ।

देवीको रथलाई लाई फूलैफूलले दुलहीझै श्रृगांरिएको थियो। मन्दिर पनि सयपत्रि फूल र झिलिमिलि बत्तिले सजाइको छ। रथयात्रामा भोजपुरी समुदायका पारम्परिक लोक बाजा तथा धार्मीक नृत्य र झाँकी पनि प्रस्तुत गरिएका थिए।

वीरगञ्ज नगरको स्थापना गहवा गाउँबाट भएको मान्यता रहेको छ। गहवामाई कै नामबाट सो ठाउँको नाम परेकाले गहवामाई लाई नगरकि देवीको रुपमा पुज्ने गरिन्छ। यहाँको हरेक धार्मीक कार्य देखी लिएर विवाह यज्ञ जे गर्दा पनि स्थानीयहरुले घरको कुल देवता पछि उनलाई आह्वान गर्ने धार्मीक रितिरिवाज छ। वीरगञ्ज बजारको मुटुमा अवस्थित गहवामाईलाइ “दुअरदेवी माई” “माईस्थान” अर्थात देवीको स्थान भनेर पनि चिन्ने गरिन्छ। वीरगंञ्ज आउने जो कोहि पनि हिन्दुधर्मावलम्बि एक पटक गहवामाईको दर्शन अवस्य गर्छन्।

स्थानीय युवाहरुको सकृयतामा भएको रथ यात्रा सराहनीय भएको पुर्व उपमेयर शान्ति कार्किले बताइन्। धर्मप्रति युवाहरुको आस्था हराइरहदा अहिले युवाहरुको जमातले ऐतिहासीका काम गरेको र उनीहरुकै सकृयतामा यस्तो वृहत कार्यक्रमको आयोजना हुनु सम्पुर्ण नगरवासीका लागी खुशीको कुरा भएको उनले बताइन्। ९४ वर्षिय कार्किले आफ्नो जिवनकालमा तराइमा यस प्रकारको यात्रा नदेखेको बताइन्।

गहवामाईको रथ निर्माणमा अहिले सम्म करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका सचिव पप्पु गुप्ताले बताए। उनले यसका लगी वीरगञ्ज महानगरपालीकाले ३ लाख रुपैया सहयोग गरेको र बाकि रुपैया वीरगञ्जवासीले दान स्वरुप सहयोग गरेको बताए।

'यसमा कुनै राजनिति पार्टिको पैसा लागेको छैन, नगरवासीले दिएको ५ सय १ हजार जसले जत्ति सक्यो उनीहरुकै सहयोगमा भएको हो, कतिले गोप्यदान पनि गरेका छन्,‘ उनले भने,‘महा आरति देखी मन्दिर निर्माणमा यहाँका स्थानीयहरु कै सहयोगमा भएको हो।'

रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ। सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको हो। स्थानीय १० जना कारिगरहरुले निर्माण गरिएको रथमा अहिले बुट्टा र काठको सजावटको काम अझै बाकि नै रहेको उनले बताए।

'साघुरो बाटोमा रथयात्रा सम्मन्न गराउनु चुनौतिको विषय नै रहेको थियो, तर बिना कनै दुर्घटनाका साथ सम्पन्न भयो यो वीरगञ्जवासीका लागी खुशीको कुरा हो,‘ समितिका उपाध्यक्ष देवानन्द कलवारले भने।

मंगलबार साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनको आयोजना गिरने छ भने बुधबार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए।

वीरगञ्ज महानगरपालिकाले रथयात्रा निकालिने दिन मंगलबार सार्वजनिक बिदा समेत दिएको थियो।

प्रकाशित: ५ असार २०८० १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App