५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सङ्खुवासभामा गोठ बगाउँदा दुईजना बेपत्ता

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन्।  

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ छ। घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ।

यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा  पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रकाशित: ३ असार २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App