६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डीआइजी सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडौं- डीआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयले नियन्त्रणमा लिएको छ। आज बिहान उनकै घरबाट सिलवाललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता सर्वेन्द्र खानालले छानबिन समितिले बयानका लागि सिलवाललाई बोलाएको जानकारी दिए।

सिलवालले आफ्नो कानुनी सहयोगीसँग परामर्श गरेपछि बालुवाटारमा रहेको शम्भु थापाको घरमा पुर्‍याइएको थियो। सिलवाललाई अहिले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग पुर्‍याइएको छ।

सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि त्यसको विरुद्ध सिलवालले सर्वोच्चमा रिट हालेका थिए। उनले रिटसँगै गोप्य रहने कार्यसम्पादन मूल्यांकनको कपीसमेत बुझाएका थिए।

सिलवालले कीर्ते गरी प्रकाश अर्याललाई आफूभन्दा बढी नम्बर दिएको दाबी गरेका थिए। सरकारले कार्यसम्पादन मूल्यांकन फारममा सिलवालले नै छेडछाड गरेको दाबी गर्दै अनुसन्धानको लागि निर्देशन दिएको थियो।

सरकारको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरी प्रवक्ता सर्वेन्द्र खानालले छानबिन समितिले बयानका लागि सिलवाललाई बोलाएको जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०७४ ०४:५६ सोमबार

डीआइजी सिलवाल प्रहरी नियन्त्रणमा