५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हाम्रा आफ्नै ‘बालिका वधू’

यसपटक बालविवाह र किशोरावस्थाको अनुसन्धान गर्न जाने बेलामा अनायासै बाल्यकालमा हेरेको हिन्दी शृङ्खला ‘बालिका वधु’को सम्झना भइरहेको थियो। बाआमाले सानैमा विवाह गराइदिने चलन होला र? मेरो मनमा प्रश्न उठिरहेको थियो।

यसका लागि हामी जाने भयौं प्युठान र दाङ जिल्ला। अघिल्लो महिना हाम्रो खोज प्युठानको जुम्रीकाँडाबाट सुरु भयो। जुम्रीबाट करिब एक घण्टामा पुगिने जुम्रीकाँडा जान एउटा मात्र गाडी पाइँदो रहेछ। त्यति छोटो दुरीका निम्ति पनि एउटै गाडीमा भर पर्नुपर्ने भएकाले बिहान गएर बेलुका त्यसैमा फर्कन पाइयो।

गाउँमा पुगेर मैले एकजना आमासँग सोधें–छोराले भागेर बिहा गरेर केटी ल्याउँदा तपाईंले सजिलै मान्नुभयो?

‘के गर्ने त नस्विकारे टंगिहाल्छन्।’

ऊबेला बाआमाले चाँडै विवाह गर्ने चलन थियो। अहिले छोराछोरीको पालामा पनि त्यो चलन हटेको रहेनछ। १७–१८ वर्ष पुग्नेबित्तिकै भागेर विवाह गर्ने चलन अझै व्यापक रहेछ। अझ २०–२१ वर्षमा त विवाह गरिहाल्नुपर्छ भन्ने सोच बलियो देखियो।

कम उमेरको बिहेबारीले एकपछि अर्को दुःखको ढोका खोल्ने रहेछ। उमेर नपुगी गरेको विवाहबाट जन्मेका सन्तानको जन्मदर्ता गर्न मिल्दो रहेनछ।

यति चाँडै विवाह नगरे केटी पट्याउन सक्दैनन् भन्ने सोच रहेछ आमाको। आमा उमेरले ४० मात्र भए पनि जिम्मेवारीको बोझले हुनुपर्छ निकै वृद्ध देखिन्थिन्।

सूचना प्रविधिको विकासले बालविवाह रोक्नुपर्नेमा अझ बढावा दिएको पो पाइयो। सानै उमेरमा फेसबुक र त्यस्तै माध्यमबाट कुराकानी भई विवाह गरेर आएका धेरै थिए। विवाह गरेर मात्र भएन, जिन्दगीका समस्या आफ्ना ठाउँमा छन्। झन् विवाहपछि व्यावहारिक जीवनमा प्रवेश गर्ने भएकाले ती असमयमै प्रौढतातर्फ प्रवेश गर्दै थिए।

अनायासै गरिएको विवाहले तिनलाई कहाँबाट कहाँ पुर्‍याएको थियो। उमेर नपुग्दै गर्भवती भएपछि जिम्मेवारी बढेको पाइयो। बच्चा पाएपछि कहीं जान नपाएको अवस्था पनि देखियो। खेल्नेखाने उमेरलाई बालविवाहले बर्बाद पारेको छ।

त्यसैगरी दाङको एउटा सानो बस्तीमा विवाह नगरेका किशोरकिशोरी भेटाउन मुस्किल भयो। काठमाडौंमा १६–१७ वर्ष पुग्दै गरेका किशोरकिशोरीलाई परिवारले अझै बालकै ठानेर संरक्षण दिइरहेको हुन्छ। यो गाउँमा भने कलिला बाबुनानीहरूले विवाहको गह्रौं भारी बोकिरहेको पाइयो।

दाङको एउटा सानो बस्तीमा विवाह नगरेका किशोरकिशोरी भेटाउन मुस्किल भयो। काठमाडौंमा १६–१७ वर्ष पुग्दै गरेका किशोरकिशोरीलाई परिवारले अझै बालकै ठानेर संरक्षण दिइरहेको हुन्छ। यो गाउँमा भने कलिला बाबुनानीहरूले विवाहको गह्रौं भारी बोकिरहेको पाइयो।

कुराकानीकै क्रममा १७ वर्षकी एउटी सानी बहिनीसँग भेट भयो। हेर्दै सानी यी नानीले केटालाई माइती पक्षले पिट्लान् भन्ने डरले भागेर विवाह गरेका रहेछन्। ‘त्यस बेला दिमागमा लभभन्दा उता केही सोच नआउने रहेछ, ऐले बल्ल सोच आउँछ,’ उनले भनिन्, ‘सानै भए पनि परिपक्व बन्नुपरेको छ।’

घुम्ने रमाउने उमेरमा जिम्मेवारीको बोझमा उनी परेकी छिन्। अझ आफूलाई ‘तल्लो जात’ भन्दै सासूले उनीमाथि कठोर वचन प्रहार गरेको र भाँडाकुँडा फालिदिएको सुनाउँदै उनी घुक्कघुक्क गर्दै निकै रोइन्।

त्यति सानो कमलो मनमा कति चोट परेको रहेछ भन्ने सोचेर मलाई नरमाइलो महसुस भयो। तिनलाई सम्झाउनबाहेक केही गर्न सकिएन।

अहिलेजस्तै सोच आएको भए ठिक निर्णय लिन्थें भन्ने धेरैलाई लागेको छ। बुझ्दै नबुझी बिहाबारीमा प्रवेश गरेपछि अहिले समस्या भएको छ। अरूका नानाथरी कुरा सुन्नुपरेको छ। त्यसलाई पनि सहेर उनीहरू बाँचिरहेका छन्। यसले उनीहरूमा नकारात्मक प्रभाव परेको छ।

अभिभावकको माया चाहिने, घुम्ने, खाने र पढ्ने उमेरमा बिहे गरेपछि जीवन अप्ठ्यारोमा परेको छ। मनमा चोट पुगेको छ। यही पीडाले गर्दा कतिपयले आफूलाई नै सिध्याउन पनि प्रयास गरेको सुनाए।

दश मिनेटको दुरीमा ठुलो बस्ती छ। छेउकै गाउँमा यस्तो पीडा छ। दश मिनेट पर बच्चाबच्ची रमाउँदै स्कुल गइरहेका थिए। त्यही छेउका केही किशोरकिशोरीको यो पीडादायी अवस्था मुटु खाने किसिमको थियो।

अहिलेजस्तै सोच आएको भए ठिक निर्णय लिन्थें भन्ने धेरैलाई लागेको छ। बुझ्दै नबुझी बिहाबारीमा प्रवेश गरेपछि अहिले समस्या भएको छ। अरूका नानाथरी कुरा सुन्नुपरेको छ। त्यसलाई पनि सहेर उनीहरू बाँचिरहेका छन्। यसले उनीहरूमा नकारात्मक प्रभाव परेको छ।

एउटी किशोरी अहिल्यै छोराकी आमा भइसकेकी छन्। ‘केटी भा’को जस्तो कहाँ हुन्छ र?’ उनले भनिन्, ‘१७ वर्षमा बच्चा जन्माएपछि स्कुले केटी बन्ने अवस्था रहेन, सबै रहर मार्न पर्ने भयो ।’

उनी अगाडि भन्छिन्, ‘घुम्न जान मन लाग्छ। साथी भेट्न मन लाग्छ। साथीहरूलाई भेट्न सासूससुराले जा भने जाने नत्र नजाने। जिन्दगी पनि यतिमै सीमित भयो।’

बालविवाह गरिसकेका किशोरीका साथीहरू पनि तिनका पीडा सुन्दिनेबाहेक केही गर्न नसकिने बताउँछन्। बालविवाह गर्ने प्रायः सबैको जवाफ चाहिँ पहिला थाहा पाएको भए कोही पनि यति चाँडै व्यावहारिक जीवनमा प्रवेश नगर्ने बताउँछन्। यति कम उमेरमा कसरी जिन्दगीको यति महŒवपूर्ण विषयमा ज्ञान नपाएर अप्ठ्यारोमा परेको महसुस गर्दै छन्।

प्रायः स्कुल जान मन नगर्ने वा किशोरावस्थामै पढाइ छाडेकाहरू बालविवाहको जोखिममा परेको देखिएको छ। बालविवाह र सानै उमेरमा गर्भ रहने विषयमा थाहा नभएकै किशोरीहरू यसको पीडामा रहेको पाइन्छ। यस्तो कठिन अवस्थामा रहेका किशोरी अनगिन्ती थिए।

भोलिपर्सि असर पर्छ रे भनेर परिवार नियोजनका साधन पनि प्रयोग नगरेको तिनले बताए। यसरी थाहै नपाई आमा बनिसकेका रहेछन् उनीहरू। आफ्नो जीवनबारे बुझ्दै नबुझी सन्तानको बोझमा परेका किशोरकिशोरी आफ्ना पूरा नभएका सपना भविष्यमा पूरा गर्ने लक्ष्य राख्छन्। उनीहरू आफ्ना सपना सन्तानले पूरा गर्ने र तिनले चाहेजति पढाउने भन्ने तिनको धारणा देखियो।  

१८–२० वर्ष भनेको काठमाडौं र अन्य ठुला सहरमा कलिलो उमेरजस्तो लागे पनि गाउँमा २०–२१ वर्षमा बिहे गर्नु सामान्य हो भन्ने धारणा पनि रहेछ। किशोरावस्थामै बिहे नगरेको भए यतिबेला आफू विदेशमा काम गरिरहेको हुन्थें भन्ने कल्पना पनि उनीहरू गर्छन्। बिहेपछि घरखेतकै काम गरेर बसेका छन्।

कम उमेरमै भागेरै बिहे गरे पनि बाआमाले असहज मानेको देखिएन। अभिभावकको आफै पनि चाँडै बिहे गरिदिने सोच देखिन्छ। भागेर बिहे गरेका छोरीले जति दुःख पाए पनि घरमा भन्ने रहेनछन्। केही गुनासो गरिहाले भने पनि तँ आफैले गरेको त हो नि भन्ने जवाफ आउने भएकाले पनि यसो गरेका रहेछन्।

आखिर कसले सुनिदिने उमेर नपुगी परिपक्क हुँदाको पीडा ? पिर सुनाउने त्यही बिहे गरेर सँगै आएको केटोभन्दा कोही नहुने रहेछ। कम उमेरको बिहेबारीले एकपछि अर्को दुःखको ढोका खोल्ने रहेछ। उमेर नपुगी गरेको विवाहबाट जन्मेका सन्तानको जन्मदर्ता गर्न मिल्दो रहेनछ। जन्मदर्ता नभई स्कुल भर्ना गर्न सकिँदो रहेनछ। हारगुहार गरेर अथवा विवाहको उमेर पुगेपछि विवाह दर्ता गराउन आउँदा छोराछोरी ठुला भइसक्छन्। अपरिपक्व हुँदा मन पराएको मान्छे उमेर बढ्दै गएपछि मन नपर्ने र अरूलाई नै रोज्ने खतरा पनि हुने रहेछ।

प्रायः स्कुल जान मन नगर्ने वा किशोरावस्थामै पढाइ छाडेकाहरू बालविवाहको जोखिममा परेको देखिएको छ। बालविवाह र सानै उमेरमा गर्भ रहने विषयमा थाहा नभएकै किशोरीहरू यसको पीडामा रहेको पाइन्छ। यस्तो कठिन अवस्थामा रहेका किशोरी अनगिन्ती थिए।

 नेपालले २०२० सालमै बालविवाहलाई गैरकानुनी घोषणा गरेको भए पनि अझै देशका कुनाकन्दरामा यो प्रचलन व्याप्त छ। कानुन बनेको ६० वर्षपछि पनि समस्या यथावत् रहनु आफैमा विडम्बनापूर्ण पक्ष हो। एक तथ्यांकअनुसार नेपालमा अझै ३३ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुन्छ। त्यसमा पनि ८ प्रतिशत किशोरीले १५ वर्ष नपुग्दै विवाह गरिसकेका हुन्छन्।

कम उमेरमा विवाह गर्ने पुरुष पनि उत्तिकै समस्यामा पर्ने गरेको देखिएको छ। जिम्मेवारीमा प्रवेश गरेपछि हिजोजस्तो फुक्का भएर हिँड्न पाइँदैन। जिम्मेवारीको भारीले किशोरावस्थामै किचिनुपर्ने हुन्छ। किशोरहरू पनि निकै पछुताएको देखिएको छ तैपनि किशोरीभन्दा किशोरहरू केही खुसी देखिए।

कतिपय ख्यालख्यालमै निर्णय गरेर बिहाबारीमा प्रवेश गरेका भेटिए। करिब ४० का एक व्यक्तिले आफ्नी छोरी भाग्दाको अनुभव सुनाए, ‘छोरीले म भाग्छु भनेर फोन गरेकी थिइन्। मलाई विश्वास लागेको थिएन। बजार जान्छु भनेर गएकी छोरी उतैबाट भाग्छु भनेर फोन गरी।’

जुम्लाको तिला गाउँपालिकाले विवाह गर्दा पुरुषनारी दुवैले वडा कार्यालयबाट सिफारिस लिनुपर्ने प्रावधान बनाएको छ। यस्तो प्रावधानले विवाह हुँदै गरेका पुरुषनारीको उमेरको नियमन गर्ने हुनाले बालविवाह दुरुत्साहन गर्न सहयोगी भूमिका खेल्ने देखिन्छ।

कम उमेरमा हुने यस्तो बिहाबारी कसरी यति सहज हुन गयो? हिन्दी टेलिशृङ्खलामा देखिने ‘बालिका वधु’ हाम्रा गाउँगाउँमै फेला पर्ने रहेछन्। तिनको पीडादायी अनुभवले मलाई निकै असजिलो महसुस भएको छ। 

प्रकाशित: २७ जेष्ठ २०८० ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App