१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङले ४ दिनदेखि फोन सेवा अवरुद्ध

रुकुम– चार दिनअघि अबरुद्ध यहाँको फोन सेवा सुचारु हुन नसक्दा सर्वसाधारणहरु मारमा परेका छन्। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा यहाँका सर्वसाधारण मारमा परेका हुन्।

फोन सेवा पूर्ण रुपमा बन्द हुँदा आफन्तहरुसँगको सम्बन्ध विच्छेद भएको छ। यसको मार सञ्चार क्षेत्रमा बढी परेको छ। समाचार संकलनका लागि पत्रकारहरुलाई समस्या भएको यहाँका पत्रकारहरुले बताएका छन्। फोन सेवा अवरुद्ध भएको कहिले देखि सुचारु हुन्छ नेपाल टेलिकम आफै अनविज्ञ छ। प्राविधिकहरु खटिएको र सकेसम्म छिटो सुचार गर्न आफूहरु लागि रहेको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको क्षेत्रीय निर्देशनालय नेपालगञ्जले सूचना निकाली हिमपात र चट्याङका कारण रोल्पाको रातामाटा र जुम्लाको डाँफेको लेकमा रहेको रिपिटर स्टेशनमा रहेका रेडियो उपकरणहरुमा क्षति पुगेको जनाएको छ। हिमपात र विकटताका कारण प्राविधिकहरु पुग्न नसकेको को सूचना जारी गरेको छ।

दुई वटा स्टेशनमा रहेका रेडियो उपकरण जल्दा रुकुमसँगै हुम्ला, मुगु र रोल्पाका फोन सेवा अवरुद्ध भएका छन्। यहाँका वासिन्दाहरुले भने रातामाटामा हिमपात नभएको र टेलिकमले लाप्रवाही गरेको आरोप लगाएका छन्। एनसिएलसँग मिलोमतो भएका कारण टेलिकमले फोन सेवा सुचारु गर्न ढिला गरेको आरोप लगाएका छन्। स्काइ, जीएसएम र ल्याडलाइन फोन अवरुद्ध भएपछि एनसिएलका सिमकार्ड र रिचार्ड कार्डको कारोवार बढेको छ। हाल दैनिक दुई दर्जनभन्दा बढी एनसिएल सिमहरु बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन्।

 

प्रकाशित: २८ चैत्र २०७३ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App