१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा पक्राउ

फाइल तस्वीर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शंखमूलबाट पक्राउ गरेको हो। आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

प्रकाशित: २६ जेष्ठ २०८० ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App