२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुराबारीको मुसहर बस्तीमा पुग्यो सरकार

मुराबारी(मिर्चैया)–  सिरहाको मिर्चैया–७ स्थित मुराबारीका मुसहर बस्तीमा बिहिवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानले एक थान ट्युबवेल (चापाकल) पुर्याएका छन् । शुक्रबारबाट यो बस्तीमा कल जडान काम सुरु हुन्छ ।

कल जडान सम्पन्न गरी पानी परिक्षण गरेपछि मुसहर बस्तीले कलको शुद्ध पानी उपभोग गर्न थाल्ने छन् । डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहा बस्ती पुगेर भने,‘अबदेखि तपाईंहरु धमिलो पानी खाने बाध्यताबाट मुक्ति पाउनु हुनेछ ।’

यो बस्तीमा अहिलेसम्म कुनैपनि सरकारी निकाय पुग्न सकेको थिएन । जसका कारण सरकारबाट उपलब्ध सेवाबाट यो बस्ती बिमुख थिए । शुद्ध खानेपनी पिउने सुबिधाबाट बञ्चित यो बस्तीमा कल, पाईप बोकेर कुशवाहा पुगेपछि सबैको अनुहार उज्यालिएको थियो ।

वर्षौंदेखिको हाम्रो कलकल पानी पिउने सपना अब पुरा हुने भयो बस्तीका बृद्ध बालदेव(६०) ले नागरिकसँग भने,‘पानी आयो सपना सेलायो ।’ उनले खुसीको आँशु झार्दै नागरिकर्कीतर्फ टोलाउँदै भने,‘हाम्रो दुखमा मलम लगाईदिनुभयो, धन्यबाद ।’ हामी गरिबको जिवन धमिलो पानी पिएरै अस्ताउँने भयो सोचेको थिए उनले आँखा रसाउँदै भने,‘गरिबको दुख सरकारले नदेखेपनि पत्रकारले देखाउँदो रहेछ, बल्ल थाहा पाए ।’

यो बस्तीकी बबिता सदाय उत्सुक्ता व्यक्त गरिन्, ‘कलको सफा पानी कस्तो हुन्छ, हेर्ने रहर छ ।’ १२ वर्षीया उनले सफा पानी देख्नै नपाएको सुनाईन ।  आमाबुवाले कुवाँको धमिलो पानी पिएको देखेर हुर्केकी उनका लागि यही धमिलो पानी कण्ठ भिजाउँने सहारा थियो । तर अब बस्तीमा चापाकल पुगेपछि उनमा खुसीको सिमा छैन् ।

यो बस्तीको सफा पिउने पानीको सपना त पुरा भयो । तर बालबालिकाको पढ्ने सपना कसरी पुरा हुन्छ, सन्तापमा छन अभिभावक । आफुजस्तै कष्टको जिवन छोरीहरुको दशनी सदाय भन्छिन्,‘छोरीहरुलाई पढाउने भैदिएहुन्थ्यो ।’ दलितका लागि जागिरमा सरकारी कोटा आउँछ रे ! अक्षरसँग साक्षात्कार नभएकी उनी भन्छिन्,‘आफुजस्तो कष्टपूर्ण जिवन छोरीहरुले नभोगुन भन्ने चाहना त सबै आमाबुवाको हुन्छ नी ।

८ घरधुरीको यो मुसहर बस्तीमा २५ जना पढ्ने उमेरका बालबालिका छन् । तर बिपन्नताका कारण उनीहरु विद्यालयको मुख देख्न पाएका छैनन् । आमा बुवा मजदुरीका लागि बजार हानिएपछि बस्ती रुँगने जिम्मा बालबालिका हुन्छ । यो बस्ती नजिक विद्यालय छैन् । बस्तीबाट करिब ५ किलोमिटर दक्षिण पश्चिममा माध्यमिक विद्यालय छ ।

यो बस्तीबाट ३ किलोमिटर उत्तर यस्तै सुकुम्वासी बस्ती छ । जहाँ करिब १५ घरधुरी बस्दै आएका छन् । यो बस्तीमा मुसहर, मगर, सार्की लगायतका जाती बसोबास गर्छन् ।

धमिलो पानीले धानेको जिन्दगी शिर्षकमा नागरिक दैनिकमा सामाचार प्रकाशित भएपछि सरकारी निकायका अधिकारीहरुको ध्यान मुराबारीको मुसहर बस्तीको कष्टतर्फ तानिएको हो ।
    
कल र कल गाड्ने सामग्रीसहित सिरहा मिर्चैया ७ मुराबारीको मुसहर बस्तीमा  खानेपानी तथा सरसफाई कार्यालय लहानका प्रमुख राजेश कुशवाहा । तस्बिरः मिथिलेश  यादब क
 

प्रकाशित: २४ चैत्र २०७३ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App