२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुनकोसी जिप दुर्घट्ना: पानी डाइभर्सन गरि बेपत्ता भएकाको खोजी गरिदै

जिप दुर्घट्ना भई सुनकोसीमा तीनजना कर्मचारी बेपत्ता भएपछि खोजी गर्न सुनकोसीको पानी डाइभर्सन गर्दै गोताखोर टोली। तस्बिर: अनिल भण्डारी, नागरिक

तीन दिनदेखि बेपत्ता भएका दुई सहसचिवसहित तीन जनाको खोजी गर्न सुनकोसीको पानी नै डाइभर्सन गरिएको छ। जिप दुर्घट्नामा परि सुनकोसीमा बेपत्ता भएकाको खोजी गर्न सुनकोसीमा पानीको बाहव नै परिवर्तन गरिएको हो।  

गत शुक्रबार मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा सीटिइभीटीका तीन जना कर्मचारी बेपत्ता भएपछि उनीहरुको खोजी गर्न शसस्त्र प्रहरी,नेपाली सेना सहितकोे गोताखोर परिचालन गरिएको भएपनि हालसम्म नभेटिएको इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर सविता केसीले जानकारी दिइन्।

मध्यपहाडी राजमार्ग अन्र्तगत गोलञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट करिब १ सय ५० मिटर तल सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका थिए। बेपत्ताहरुको खोजी कार्य तिव्र पारिएको भएपनि हालसम्म भेटिएको छैन।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद्(सिटिइभीटि) को बा १ झ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको अवस्थामा उक्त स्थानबाट सुनकोसी नदीमा खसेको थियो। नदीमा जिप खसेको खबर पाएलगत्तै खोजीकार्य तिव्र पारिएको भएपनि हालसम्म भेटिएको छैन।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ वर्षिय कृष्ण चौधरी घाइते भएका थिए। उनी पौडिएर निस्किएको स्थाजीयले जनाएका छन्। सिटिइभीटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ वर्षिय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल सुनकोसीमा बेपत्ता भएपछि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलिसहित नेपाल प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

गोताखोर टोलिले समेत हालसम्म फेला पार्न नसकेपछि खोजीका लागि अन्य विधि अपनाउनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिलवाले जनाए। आइतबार साझ सम्म खोजी गर्दा पनि भेटिएको छैन, उनले नागरिकसँग भने, 'गोताखोर टोलीले खोजी गरिहेको छ, पानीको प्रेसर कम भइसक्यो डाइभर्सन गरेपछि तर अझै भेटिकाे छैन्।' 

सुनकोसीको पानी डाइभर्सन गर्न ४ स्काभेटर,३ जेसीबी, १ लोडर ५ ओटा टिपर र १ ट्याक्टरले सुनकोसीमा काम गरिहेको स्थानीय सुदिप कार्कीले जानकारी दिए। बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरीको उपत्यका टोलीले शुक्रबारदेखि सुरु गरेको थियो भने नेपाली सेनाको सुन्दरीजलबाट गोताखोर टोलले शनिबारबाट खोजी कार्य सुरु गरेको छ। यस्तै जनपथप्रहरीको विपद् व्यवस्थापन टोलीले समेत खोजी गरिहेको जिल्लाप्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी सिलवालले जानकारी दिए।  

 

प्रकाशित: २१ जेष्ठ २०८० १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App