६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

औषधि व्यवसायमा परिवर्तन जरुरी

काठमाडौँ – नेपाल औषधि व्यवसायी सङ्घले औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । 

ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन संशोधन गर्न लागिएको बताए । 

कार्यक्रममा उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले औषधि व्यवसायमा धेरै परिवर्तन गर्न जरुरी छ भने । 

औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहाल, फार्मेसी परिषद्का अध्यक्ष केशवध्वज जोशी, नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल प्रहरीका लागुऔषध ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यात, औषधि बिक्री प्रबन्धक सङ्घका अध्यक्ष सुरजीत दत्तलगायतले औषधि व्यवसायीले नाफाको दृष्टिकोणले मात्र काम गर्न हुँदैन भने । रासस

प्रकाशित: १३ चैत्र २०७३ ०६:४९ आइतबार

औषधि व्यवसायमा परिवर्तन जरुरी