१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी- डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा परि बझाङको देउलेख–४ का २४ बर्षिय सुरेश बहादुर बोहराको मृत्यु भएको हो ।  घाईते ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–२ का ओमबिक्रम अधिकारीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ।

ट्याक्टरमै सवार बझाङको देउलेख–५ बस्ने बर्ष २८ का जय बहादुर ढाँट पनि सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७३ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App