५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्य बिमा पारित हुने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमा छिट्टै पारित गर्न लागेको बताएका छन्। दलित तथा विपन्न समुदायको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य बिमाले मात्र सम्भव हुने थापाले बताए। आइतबार राष्ट्रिय दलित आयोगको १५औं वार्षिकोत्सवको अवसरमा मन्त्री थापाले भने, 'बिमाको कानुन अन्तिम चरणमा छ। यो कार्यान्वयन भइसकेपछि मात्र प्रत्येक नेपालीको स्वास्थ्य सेवामा पहुँच हुन्छ।'

विपन्न नागरिक  पैसा नभएकै कारण मर्नुपर्ने अवस्थासमेत अन्त्य गर्न लागेको थापाले बताए। अहिले निःशुल्क घोषणा गरिएका रोगको उपचार पनि स्वास्थ्य  बिमाको व्यवस्थाले मात्र व्यावहारिक बन्ने उनले बताए। 'दलित, गरिब तथा विपन्नको हकमा बिमा रकम सरकार आफैंले बेहोर्ने व्यवस्था गरेका छौं', उनले भने।

मन्त्री थापाले समाजमा विद्यमान जातीय भेदभाव हटाउन नयाँ पुस्तालाई नयाँ चेतना भर्दै लैजानुपर्ने बताए। 'स्कुलमा पढ्दै गरेका बालबालिकालाई समानतामूलक समाज बनाउन मिलेर काम गर्नुपर्छ', उनले भने।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले दलित आन्दोलनको उपलब्धि जोगाउनुपर्नेमा जोड दिइन्। 'ऐन कार्यान्वयन भएमात्र दलितमाथिको विभेद कम हुन्छ', उनले भने । राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोचन विकले दलित समुदायको स्वास्थ्यको सुनिश्चितता गर्न स्वास्थ्यमन्त्री थापालाई आग्रह गरे।

सो अवसरमा आयोगले दलित आन्दोलनलाई सघाउ पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेमा सञ्चारकर्मी विश्वास खड्गाथोकी र अशोक दर्नाल, लोकगायक कुलेन्द्र विश्वकर्मा, लोकगायिका अन्जु रामदाम र आयोगका निवर्तमान सदस्य सचिव सीताराम घले परियार छन्। सम्मानित व्यक्तित्वले मन्त्री थापाबाट सम्मानपत्र ग्रहण गरेका थिए।

प्रकाशित: ७ चैत्र २०७३ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App