पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने नेपाली युवाको संख्या बर्सेनि बढ्दै गएको छ। स्वदेशमा रोजगारीको अवसर नभएर वैदेशिक रोजगारीमा जाँदा ठूलो मानवीय क्षति बेहोर्नुपरिरहेको छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार डेढ दशकमा वैदेशिक रोजगारीका लागि गएका करिब १२ हजार नेपालीले ज्यान गुमाइसकेका छन्। रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ। आर्थिक वर्ष २०६५/०६६ देखि चालु आवको वैशाखसम्म वैदेशिक रोजगारमा गएका ११ हजार ९ सय ७८ जनाले ज्यान गुमाएको विभागले जनाएको छ। यो अवधिमा मलेसियामा मात्रै ३ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा नेपाली कामदारको मृत्यु भएको छ। त्यस्तै, साउदी अरेबियामा ३ हजार २ सय ५६, कतारमा २ हजार ३ सय ३१ ज्ना रहेका छन्। त्यस्तै युएईमा १ हजार २ सय ९०, कुवेतमा ४ सय ६५, बहराइनमा १ सय ७७, ओमानमा १ सय ८५, जापानमा ५७ जनाको ज्यान गएको छ।
पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने नेपाली युवाको संख्या बर्सेनि बढ्दै गएको छ। स्वदेशमा रोजगारीको अवसर नभएर वैदेशिक रोजगारीमा जाँदा ठूलो मानवीय क्षति बेहोर्नुपरिरहेको छ।
विगत लामो समयदेखि मृत्युदर घट्न सकेको छैन। वैदेशिक रोजगारमा जाने कामदारको शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर गए तापनि नेपालीहरूले हरेकदिनजसो ज्यान गुमाइरहेका छन्।
वैदेशिक रोजगारीमा मृत्यु हुनेहरू मध्ये सबै भन्दा बढी श्रमिकलाई हृदयाघात हुने गरेको छ। कामको क्रममा दुर्घटना, आत्महत्याका घटना पनि त्यत्तिकै छन्। नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयाघात लगायत मुटुसम्बन्धी समस्याले ज्यान गुमाउनुपरेको वैदेशिक रोजगार बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए।
‘खाडी मुलुकमा युवावस्थामै हृदयघातका कारण मृत्यु हुनेको संख्या धेरै हुनुमा त्यहाँको उच्च तापक्रम र काम गर्ने वातावरण नमिल्नु हो। नेपाली परिवेशमा हुर्कंदै आएका श्रमिक अनपेक्षित वातावरणमा पुग्दा उनीहरूको जीवनशैली फरक पर्नु र हेलचेक्य्र्राईं गर्नु पनि अर्को कारण हो,’ शाखा अधिकृत चन्दले भने।
विगत लामो समयदेखि मृत्युदर घट्न सकेको छैन। वैदेशिक रोजगारमा जाने कामदारको शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर गए तापनि नेपालीहरूले हरेकदिनजसो ज्यान गुमाइरहेका छन्।
अघिल्लो दिन सामान्य अवस्थामै सुतेका कामदार भोलिपल्ट ओछ्यानमै मृत भेटिएका घटना धेरै छन्। यस्तो मृत्युलाई अस्पतालले पोस्टमार्टम रिपोर्टमा ‘प्राकृतिक कारण’ भन्ने गरेको छ।
बोर्डका अधिकृतहरूका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको मृत्युको कारण प्राकृतिक देखाए पनि भित्री कारण अर्को हुन सक्ने बताउँछन्।
‘युवाहरू अघिल्लो दिनसम्म काम गरेर, सहजै रूपमा खाना खाएर सुतेका हुन्छन् तर भोलिपल्ट मृत भेटिन्छन्। यस विषयमा गहिरो अध्ययन आवश्यक छ तर गर्न सकिएको छैन,’ उनीहरूले भने, ‘नियमले तोकेभन्दा बढी घन्टा काम गर्ने, दिसापिसाब लाग्छ भनेर पानीसमेत नखाइ काममा खटिने, उच्च तापक्रममा काम गर्ने र धेरै चिसो कोठामा सुत्ने, दुखाइ कम गर्न अत्यधिक पेनकिलर खाने बानीले उनीहरूलाई मिर्गौला लगायतका दीर्घरोग लाग्ने गरेको छ। यिनै कारणले उनीहरू मृत्यु वरण गर्न बाध्य भइरहेका छन्।’
अघिल्लो दिन सामान्य अवस्थामै सुतेका कामदार भोलिपल्ट ओछ्यानमै मृत भेटिएका घटना धेरै छन्। यस्तो मृत्युलाई अस्पतालले पोस्टमार्टम रिपोर्टमा ‘प्राकृतिक कारण’ भन्ने गरेको छ।
नेपाली कामदारले विदेशमा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोग हो। पारिवारिक बिछोड, एक्लोपन, कामको दबाब र बदलिँदो हावापानीले उनीहरू डिप्रेसन र एन्जाइटीको सिकार बनिरहेका छन्।
विदेश पुग्नासाथ पैसा धेरै कमाइ हुन्छ भन्ने परिवारको परिकल्पना रहन्छ। त्यसैअनुसार परिवारको अपेक्षा र माग हुन्छ। त्यस्ता माग पूरा गर्न नसक्ने र परिवारसँग राम्रो कुराकानी नहुनेजस्ता कारणले आत्महत्यासम्म रोज्न पुगेको चन्दले बताए।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा वा अंगभंग भएमा सरकारले राहत स्वरूप रकम दिँदै आएको छ। वैदेशिक रोजगारीमा गएर विदेशमा मृत्यु भएका परिवारलाई अहिले ७ लाख रकम प्रदान गरिने बोर्डका आधिकारीहरूले बताए। वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम पनि १४ लाख पुर्याइएको छ।
गन्तव्य मुलुकको नियम कानुन र सडक वा ट्राफिक नियमबारे राम्ररी नबुझी रोजगारीमा जाँदा पनि नेपाली कामदार दुर्घटनामा परिरहेका छन्। बोर्डका आधिकारी कर्मचारीहरूले भने, ‘कति कामदार मदिरा र ड्रग्स खाएर ठूला हाइवेको बाटो काट्न लाग्दा गाडीले ठक्कर दिने गरेको पनि पाइएको छ। ठूला ठूला राजमार्गमा गाडीको स्पिड बढी हुन्छ तर नियम मिचेर बाटो काट्न खोज्दा नेपाली कामदारहरू दुर्घटनामा पर्ने गरेका छन्।’
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा वा अंगभंग भएमा सरकारले राहत स्वरूप रकम दिँदै आएको छ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको नियम अनुसार रोजगारदाता कम्पनीमार्फत शव झिकाइ निःशुल्क रूपमा मृतकको परिवारसम्म पुर्याउने काम गर्दै आएको छ।
रोजगारीमा गएर मृत्यु भएका तर कुनै रोजगारदातासँग आबद्ध नभएका मृतकको शव सम्बन्धित नियोगको समन्वयमा स्वदेश झिकाउने काम गर्दै आएको छ। विदेशमा जवानी र समय खर्च गरिरहेका युवाहरू नेपाल फर्किएपछि उनीहरूको सामाजिक सुरक्षा र सामाजिक सम्मानको प्रत्याभूति दिलाउन पनि सरकार लागिरहेको चन्दले जानकारी दिए।
मृत्युदरलाई केही मात्रामा रोकथाम गर्न तालिम नलिई विदेश जान नपाइने र सोही बोर्डले नै तालिम प्रदान गर्दै गरेको चन्दले जानकारी गराए। सिपको अभावमा विदेशमा नेपाली ठगिने र उचित पारिश्रमिक नपाउने समस्या बढेपछि सरकारले सिप सिकाएर मात्रै विदेश पठाउने गरेको हो।
मलेसिया र साउदी अरेबियामा नेपाली कामदारको मृत्युका कारण बिलकुलै भिन्न रहेको शाखा अधिकृत चन्दले बताए। ‘यसरी काम गर्ने परिवेश, नियम र समस्या भिन्न भएपछि समाधानको बाटो पनि अलग हुनुपर्छ। त्यस्तो भइरहेको छैन,’ उनले भने, ‘कतारमा मृत्युको मुख्य कारण हृदयाघात भएकाले अब अरू नेपाली कामदारको यही कारणले ज्यान जान नदिन उनीहरूलाई तालिम र भाषाको व्यवस्था गर्नुपर्छ।
मृत्युदरलाई केही मात्रामा रोकथाम गर्न तालिम नलिई विदेश जान नपाइने र सोही बोर्डले नै तालिम प्रदान गर्दै गरेको चन्दले जानकारी गराए।
त्यस्तै, साउदी अरबमा ड्राइभिङ गर्ने तरिका र ट्राफिक नियम नेपालमा भन्दा फरक छ भनेर बुझाउन सके मात्रै पनि धेरै नेपाली कामदारलाई बचाउन सकिन्छ।’
प्रकाशित: १० जेष्ठ २०८० ०३:२३ बुधबार