३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकर्मी पौडेल सम्मानित

काठमाडौं- विश्व उपभोक्ता दिवसको अवसरमा नागरिकर्मी दिलीप पौडेल सम्मानित भएका छन्। पत्रकारिताको माध्यममार्फत उपभोक्ता हक हित संरक्षण गर्न भूमिका निर्वाह गरेको भन्दै आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत पौडेललाई बुधबार सम्मानित गरेको हो। पौडेलसहित कान्तिपुर दैनिकका राजु चौधरी, अन्नपूर्ण पोष्टका राजेश बर्मा पनि सम्मानित भएका छन्। विभागले ‘उपभोक्ताको हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित गरौं सम्पत्ति जीउ ज्यान’ भन्ने नाराहित ‘विश्व उपभोक्ता अधिकार दिवस मार्च १५’को अवसरमा सञ्चारकर्मीसहित उत्कृष्ट काम गर्ने उपभोक्ता अधिकारकर्मी, विभागका कर्मचारीलाई आपूर्ति मन्त्री दीपक बोहोरा, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङ्दाम्बेले सम्मानित गरेका थिए।

प्रकाशित: २ चैत्र २०७३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App