२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाल–भारतबीच आर्थिक विकास र सहयोगसम्बन्धी गोष्ठी

बारा– नेपाल र भारतको आर्थिक विकास र सहयोगसम्बन्धी तीन दिने गोष्ठी सिमराको होटल इच्छामा शुक्रबार बेलुकादेखि शुरु भएको छ। 

निति अनुसन्धान परिषद् नेपाल, अन्तराष्ट्रिय सहयोग परिषद् र नेपाल–भारत सहयोग मञ्चको सहयोगमा गोष्ठी आयोजना गरिएको हो।

नेपाल र भारतका उद्योगी, व्यापारी, बुद्धिजिवि र सरकारी प्रतिनिधि सम्मिलित गोष्ठीमा दुबै देशको विकासको अवस्था र देखा परेका चुनौतीको बारेमा छलफल हुने बताइएको छ । 

कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोबिन्दराज पोखरेलले दुई देशको सिमानामा पर्ने शहरहरुको बाटोघाटोको विकास, सहज व्यपार भए मात्रै दुबै देशले विकासमा अगाडी बढन् सक्ने कुरा बताएका छन्। 

‘सीमावर्ती दुबै देशका शहर र गाउँहरुको जनताले आर्थिक विकासको अनुभूति गर्नु पर्ने समय आएको छ,’ पोखरेलले भने, ‘सीमावर्ती नागरिकहरुले आर्थिक रुपले सम्पन्न गराउनको लागि दिल्ली र काठमाडौंका नजरले मात्रै यस क्षेत्रलाई हेर्न जरुरी छैन्।’ 

दुवै देशका सीमावर्ती नागरिकहरु आर्थिक रुममा सम्पन्न नभएको अवस्थामा नेपाल–भारत बिचमा सुरक्षाको दृष्टिकोणले चुनौती  रहने उनले बताए । 

नेपाल र भारतबीच धर्म, संस्कृति र रोटीबेटीको सम्बन्ध रहेकोले नेपाल र भारतलाई काठमाडौं र दिल्लीको बस्नेहरुले सोच्नु पर्ने बताए।

राष्ट्र र राष्ट्रियताको कुराले मात्रै दुई देश बीचको सम्बन्ध राम्रो हुन नसक्ने भएकाले दुबै देशको सिमानामा बसोबास गर्ने स्थानीयहरुको मनोभावना बुझ्नु पर्ने जरुरी रहेको उनले बताए। 

भारतबाट मात्रै वार्षिक २० करोड भन्दाबढी मानिसहरु अन्य देशमा घुम्न जाने गरेकोले त्यसबाट तीन करोड भारतीयलाई नेपालमा घुम्ने वातावरण बनाउन सके नेपालमा ठूलो उपलब्धी हुने कुरा बताए।
नेपालमा रहेका लुम्बिनी, जनकपुर, काठमाडौं, पोखरालगायतका धार्मिक र पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधारहरुको विकास गरेर वार्षिक करोडौं भारतीयहरुलाई नेपालमा घुम्ने वातावरण बनाउन सकिने उनले बताए । 

नेपाल भारत सहयोग मंचका केन्द्रीय अध्यक्ष अशोक वैद्यले कार्यक्रमले नेपालको सडक, स्वास्थ्य, विद्युत उत्पादन, संचार, व्यापारमा लगानीबाट भारत र नेपाल दुबै देशको विकासमा सहयोग पुग्ने कुरा कार्यक्रममा बताए । 

आइतबार सम्म चलने कार्यक्रममा भारतमा रहेका नेपाली राजदूत दीप कुमार उपाध्याय, भारतीय दूतावासका श्री विनय कुमार, भारतीय जनता पार्टीका नेता श्री गोपाल कृष्ण अग्रवाल,निति अनुसन्धान परिषदका जेनेरल सेक्रेटरी नालिनी ज्ञवाली लगायतकाको सहभागिता रहेको आयोजकले जनाएका छन्।

 

प्रकाशित: २१ फाल्गुन २०७३ १२:२३ शनिबार

नेपाल–भारतबीच आर्थिक विकास सहयोगसम्बन्धी गोष्ठी