१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २ जेष्ठ २०८० ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App