५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारवाहीको माग गर्दै शान्ति समाजको देशव्यापी अभियान

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै उक्त प्रकरणका दोषीहरुमाथि कारवाहीको मागसहित देशव्यापी अभियान सुरु गरेको छ।

'नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ, संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ' भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले आज नै काठमाडौंको माइतिघरमा धर्ना प्रदर्शन गरेको थियो।  

प्रदर्शनमा ठूला नेता मिलेका,अरब अरब निलेका, शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, शिर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ, लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शिर्ष नेताहरुको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको बताउँदै प्रमुख दलका शिर्ष नेताहरुको तत्काल सम्पत्ति छानविन हुनुपर्नेमा जोड दिए।  

प्रकाशित: १ जेष्ठ २०८० ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App