१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्रक र बाइक ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

खोटाङ– ट्रक र मोटरबाइक ठोक्किँदा खोटाङमा एक जनाको मृत्यु भएको छ।

हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रकसँग सोही दिशामा गइरहेको स ४ प ४८६१ नम्बरको मोटरबाइक ठोक्किँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–२ का अन्दाजी ३५ वर्षका कमल राइको मृत्यु भएको हो। शनिबार दिउँसो एकै दिसामा जयरामतर्फ गइरहेको ट्रकको पछाडि मोटरबाईक ठोक्किँदा उनको घट्नास्थलमै मृत्यु भएको हो। बाहुनीडाँडा–५ कदुवाको रातोडाँडामा भएको दुर्घट्नामा राइकी श्रीमती पबि राई गम्भीर घाईते भएकी जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए। घाइतेको आस्था मेडिकल हल हर्कपुर ओखलढुंगामा उपचार भइरहेको छ। 

कदुवाको ओरालो ठाउँमा ओभर स्पीडमा रहेको ट्रक अचानक रोक्किँदा उत्तिकै गतिमा रहेको मोटरबाइक ट्रकसँग ठोक्किएको अनुमान गरिएको घट्नास्थल पुगेका प्रहरीचौकी च्यास्मीटारका प्रहरी सहायक निरीक्षक गजेन्द्र बिष्टले बताए। असइ बिष्टका अनुशार मोटरसाइकल चाकलले लगाएको हेल्मेट समेत ट्रकमा ठोक्किएर फुटेको पाइएको छ। बाइक ठाक्किँदा ट्रकको पछाडि पट्टीको बम्फर कुच्चिएको छ। हलेसी–जयराम सडकमा कालोपत्रेका काम गरिरहेको रौता कन्ट्रक्सनको ढुंगा ओसारेर फर्कँदै गरेको ट्रकमा मोटरबाइक ठोक्किएको हो। 

मृतकको शव पोष्टमार्टमका लागि गाईघाट पठाउने तयारी गरिएको डिएसपी प्रधानले बताए। राई दम्पत्ती हलेसीमा दर्शन गरेर फर्किएको अनुमान गरिएको छ। 

यस्तै, राजधानी काठ्माण्डौंबाट खोटाङ आउनेक्रममा रतन्छाका बिक्रम राई गम्भीर घाइते भएका छन्। नेपालथोकमा भएको दुर्घटनामा घाइते भएका राईको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइते शिक्षक शुभम फाउण्डेसन दिक्तेलका शिक्षक हुन्। 

प्रकाशित: १४ फाल्गुन २०७३ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App