२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

उर्लाबारी (मोरङ)—पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा भएको सडक दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझा रहेका छन्।

पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाइकल चालक ओझाको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते भएका छन्। घाइते चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: ११ फाल्गुन २०७३ ०८:५९ बुधबार

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु