काठमाडौं—निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।
गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याए। निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भए।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डीके ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले जानकारी दिए।
महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन्। रासस
प्रकाशित: ११ फाल्गुन २०७३ ०७:०० बुधबार