१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहट– रौतहटमा कोइला बोकेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ पोठियाही टोलका ५५ वर्षीय विपत चौधरी कलवारको ट्रकको ठक्करबाट घटना स्थलमै ज्यान गएको हो।

सीमावर्ती भारतीय सहरबाट कोइला बोकेर पोठियाहीस्थित शिवजी इँटा उद्योगतर्फ तीव्र गतिमा जाँदै गरेको ट्रकलाई ओभरटेक गरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा कलवारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तथा मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

 

प्रकाशित: १० फाल्गुन २०७३ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App