१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एकैदिन फरार भएका १८ जना प्रतिवादीहरु पक्राउ

विभिन्न मुद्दामा दोषी भइ फरार भएका प्रतिवादीहरु मोरङको जहदा गाउँपालिका र सुनवर्षी नगरपालिकाबाट एकैदिन १८ जना पक्राउ परेका छन्।

लुटपाट र कुटपिट मुद्दामा अदालतबाट दोषी ठहर गर्दै जरिवाना गरे पनि उक्त जरिवान भुक्तान नगरिक फरार थिए। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार लुटपाट र कुटपिट मुद्दामा अदालतले दोषी ठहर गरे पनि उनीहरु लामो समयदेखि फरार थिए। पक्राउ पर्नेमा ११ जना लुटपाट र ७ जना कुटपिट मुद्दाका प्रतिवादी छन्।

अदालतले न्यून जरिवाना गरे पनि उनीहरुले भुक्तान नगरिकन लुकिछिपी बसेको अवस्थामा गाउँघरबाटै पक्राउ गरिएको डिएसपी दाहालले बताए। पक्राउ पर्नेमा लुटपाट मुद्दाका प्रतिवादी जहदा–४ का ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋषिदेव, ५० वर्षीय मानिकचन ऋषिदेव, ६० वर्षीय फागुलाल ऋषिदेव, ४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव, ४५ वर्षीय विशेश्वर ऋषिदेव, ६८ वर्षीय सुकल मुखिया, ५५ वर्षीया सीतयादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया र ४३ वर्षीय बुधन मुखिया रहेका छन्। सुकल, सीतयादेवी, रामेश्वर र बुधनलाई प्रति व्यक्ति ५ सय रुपैयाँ तथा अन्यलाई ३ सय ७५ रुपैयाँ जरिवाना अदालतले तोकेको थियो।

त्यस्तै, कुटपिट मुद्दाका प्रतिवादी सुनवर्षी–२ का ५५ वर्षीय प्रमोद साह, ३६ वर्षीय गंगा साह, ३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परे। उनीहरुलाई प्रति व्यक्ति ५ सय रूपैयाँ जरिवाना अदालतले तोकेको छ।

अन्य विभिन्न मुद्दामा कैदा तथा जरिवान भुक्तान गर्न बाँकी रही फरार भएकाहरुको पनि खोजी कार्य भइरहेको डिएसपी दाहालले बताए। पक्राउ गरेरलाई बुधबार नै मोरङ जिल्ला अदालतमा पेश गरेको र उनीहरुले जरिवाना वापतको रकम भुक्तान गरी सबै छुटेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २७ वैशाख २०८० ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App