१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जबाट पेस्तोलसहित तीनजना पक्राउ

नेपालगन्जबाट पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ परेका छन्। बर्दियास्थित बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका–५ का ३२ वर्षीय सागर शाह र बाँके कोहलपुर नगरपालिका–९ का २९ वर्षीय धर्म पुन मंगलबार राति पक्राउ परेका हुन्।

नेपालगन्जस्थित धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोलीसमेत बरामत भएको छ। उक्त हतियार स्वचालित भएको बताइएको छ। साथै प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको बा ११ च ८०० नम्बर कार, १७.५ मन्च लामो खुकुरीसमेत बरामद गरेको छ।

रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ। मुलुकी अपराध (संहित)  ऐन, २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

सुमन यसभन्दा अघि ज्यान मार्ने उद्योग मुद्दामा गत भदौ पक्राउ परी धरौटी तारेखमा छुटेका थिए भने धर्म पनि २०७४ फागुन १८ गोली हानी ज्यान मार्ने उद्योग गरेको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल फरार रही पछि अदालतबाट धरौटी तारेखमा छुटेका प्रहरीले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८० ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App