१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

बैतडी- बैतडीको उत्तरी च्वागड क्षेत्रको थलाकाँडा-१ बजाडामा जडिबुटीको रस खाँदा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था चिन्ताजनक छ। शनिबार बेलुका ७ बजे आकाशबेलीनामक जडीबुटी खाँदा २३ बर्षीय दिपेन्द्र रोकायाको मृत्यु भएको छ। सोही वडाका २२ वर्षीय लक्ष्मण रोकायाको जिल्ला अस्पताल बझाङ्गमाउपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

जन्डिसको औषधिभनेर दुवै जनाले आकाशबेलीको रस खाएका थिए। जडीबुटीको रस खाएलगतै दिपेन्द्रको ज्यान गएको हो भने लक्ष्मण बेहोस भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०५:३१ आइतबार

जडिबुटीको रस खाँदा बैतडीमा जनाको मृत्यु