१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घर लिप्ने माटाे लिन जाँदा ढिस्काेले पुरिएर एकको मृत्यु

दाङ– घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ, भने एक गम्भीर घाइते भएकी छन्।

दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए।

यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ। शनिबार दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले जानकारी दिए।

शिवरात्रीमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन्। ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए। रासस

प्रकाशित: ७ फाल्गुन २०७३ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App