३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मिटरब्याजीपीडित भन्छन्ः माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ

फाइल तस्बिर

तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन्।

काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन्। तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन्। उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडतले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए। उनले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए। अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको रहेको बताए।

उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए।  

प्रकाशित: २२ वैशाख २०८० ०९:२२ शुक्रबार

मिटरब्याजीपीडित