१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

निजामती कर्मचारीद्धावारा सिंहदरबारमा सांकेतिक धर्ना

फाईल तस्बिर

निजामती कर्मचारीहरूले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।बिहीबार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन्।

 उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरूका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताए ।

उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताए ।यसअघि पनि निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए। 

प्रकाशित: २१ वैशाख २०८० ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App