७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंबाट ३७ बंगलादेशी पक्राउ

काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा परिचय बदलेर बसिरहेका ३७ बंगलादेशी नागरिक पक्राउ परेका छन्।

प्रहरीले ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी अवैधरुपमा नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चमतीबाट १५ जना, ढल्कुबाट ८ जना, नयाँबजारबाट १२ जना र ठमेलबाट २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। बृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले नेपालीले संचालन गरेका होजियारी उद्योगबाट विनाकुनै कागजपत्र अवैध बसोवास गरिरहेका बंगलादेशीलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा ४ बर्ष देखी शुक्रबार मात्र नेपाल आइपुगेका बंगलादेशी रहेका छन्।

'चोरबाटो भएर नेपाल आउने र नेपालमा नक्कली राहदानी खरिद गरी युरोप तथा खाडी देश जाने योजना रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ', डिएसपी राठौरले भने।

प्रकाशित: २३ माघ २०७३ १२:२५ आइतबार

काठमाडौंबाट ३७ बंगलादेशी पक्राउ