१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

काठमाडाैं– प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ।

प्रहरीले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ परेका १६ जनालार्इ ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएकाे हाे।

महानगरीय प्रहरी अपराध महाशाखाले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी अाइतबार सार्वजनिक गरेकाे थियाे।

महाशाखाले पत्रकार सम्मेलन गरी लोडसेडिङ बढाउने क्रियाकलापमा संलग्न प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठसहित अन्य १६ जना पक्राउ गरिएको जनाएकाे थियाे।

पक्राउ पर्नेमा बालाजुका सुपरभाइजर कामनपा– २८ बस्ने श्रेष्ठ, प्राधिकरणका पूर्वमेन्टिनेन्स रामेछापका टहलबहादुर कार्की, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भक्तपुर नगरकोटका भगवान पाण्डे छन्। त्यस्तै, पक्राउ परेका मिटररिडरमा सर्लाहीका महादेव प्रधान, सिन्धुपाल्चोकका अच्युत खड्का, अछामका दिलबहादुर साउद, नुवाकोटका ओम ढुंगाना, रामेछापका श्याम बस्नेत, काठमाडौं, नागार्जुनका प्रदीप शर्मा, दाङ, फूलबारीका सूर्यबहादुर थापा, काठमाडौंका ठाकुर महर्जन र मनिज श्रेष्ठ छन्। पक्राउ परेका मिटररिडरमध्ये प्रधान हेटौँडा वितरण केन्द्र, खड्का बानेश्वर शाखा तथा थापा लगनखेल शाखामा कार्यरत हुन् भने अन्य सात जना वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा कार्यरत थिए।

महाशाखाका अनुसार लोडसेडिङ बढाउने कार्यमा संलग्न व्यवसायीमा मञ्जुश्री खानेपानीका सञ्चालक काठमाडौं गोकर्णश्वर निवासी कुमार लामा, मिठाई व्यापारी भारतको हाउडा जिल्ला निवासी तपन घोस, भारत मोतिहारीका कपास व्यापारी परवेज आलम तथा रामेश्वर मिठाई पसल अनामनगरका रमेश चुडाल रहेका छन्।

प्रकाशित: १० माघ २०७३ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App