२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बैंक परिसरबाटै साढे दुई लाख लुटियो

जनकपुर–जनकपुरको भानु चोकस्थित राष्ट्रिय वाणिज्य बैंकबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ निकालेर बाहिरिँदै गर्दा एकजना सेवाग्राही लुटिएका छन्।

महोत्तरी, रतौली–६ का सुरेशप्रसाद ठाकुरले बैंक परिसरमै पार्किङ गरेको आफ्नो मोटरसाइकलको डिकीमा पैसाको झोला राख्न नपाउँदै नजिकै उभिएका एक अपरिचित व्यक्तिले पैसा लुटेर फरार भए।

ति अपरिचितले ‘पछाडि कागज झ¥यो’ भनेपछि ठाकुरले पछाडी फर्केर हेर्न मात्रै भ्याएका थिए उनको पैसाको झोला गायव भयो।

ठाकुरले तत्काल प्रहरीलाई खबर गरेपनि आइतबार अबेर साँझसम्म प्रहरीले लुटेरा पत्ता लाउन नसकेको उनले सुनाए।

प्रकाशित: ९ माघ २०७३ १३:१७ आइतबार

बैंक परिसरबाटै साढे दुई लुटियो