४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१५ दिनभित्र माग सम्बोधन नभए काठमाडौंको फोहोर फाल्न नदिने चेनावनी

फाइल तस्बिर

बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन नगरे काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।

नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन्।

यसअघिको सम्झौता कार्यान्वयन हुनुपर्ने, न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बन्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायत माग गरिएको छ।

विज्ञप्तिमा ककनीका अध्यक्ष सुमन लामा र धुनिबेँसीका प्रमुख बालकृष्ण आचार्यले हस्ताक्षर गरेका छन्।

  

प्रकाशित: ७ वैशाख २०८० ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App