१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष श्रेष्ठ

निमित्त उपकुलपतिको जिम्मेवारी पाएका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ। तस्बिरः रोहित राई

राेहित रार्इ

धरान–  स्वास्थ्य मन्त्रालयले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष(रेक्टर) डा. बिक्रम श्रेष्ठलाई दिएको छ।

शिक्षाध्यक्ष श्रेष्ठलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको पत्र बिहीबार राती मात्र मन्त्रालयबाट प्रतिष्ठानले पाएको हो। डा.श्रेष्ठलाई बुधबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट निमित्त उपकुलपतिको पनि जिम्मेवारी दिने निर्णय भएको थियो। गत पुस २० गते उपकुलपति डा.बीपी दासको पदावधि सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो। मन्त्रालयले कसैलाई पनि उपकुलपतिको अधिकार प्रत्यायोजन नगर्दा प्रतिष्ठानको आर्थिक, शैक्षिक एवं अस्पतालको दैनिक प्रशासनिक कामकाज प्रभावित बनेको थियो भने चिकित्सक, शिक्षक एवं कर्मचारीले नियमित पुष महिनाको तलब पनि पाएका थिएनन् ।

निमित्त उपकुलपतिको पनि जिम्मेवारी पाएका शिक्षाध्यक्ष श्रेष्ठका अनुसार पूँजीगत खर्च गर्न नपाउने गरी अस्पतालको अत्यावश्यक खर्च तथा तलब, भत्ता र महसुल बुझाउन सक्ने अधिकारसहित निमित्तको जिम्मेवारीको पत्र मन्त्रालयबाट आएको छ। ‘अस्पतालको अत्यावश्यक सामान खरीद गर्ने, तलबभत्ता, बिजुली पानीको महसुल तिर्ने गरिको अधिकार मात्र दिइएको छ। पूँजीगत खर्च छुन मिल्दैन,’ श्रेष्ठले भने, ‘५ गतेको निर्णय रहेछ, तर मैले बिहीबार राति मात्र पाएको हुँ ।’

प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुुजेन्द्र तामाङले निमित्त उपकुलपतिको जिम्मेवारी दिइएपछि प्रतिष्ठान सञ्चालनमा सहजता आउने बताए । समाजले स्वास्थ्यमन्त्रीलाई एक पत्र पठाउँदै उपकुलपतिको अधिकार प्रत्यायोजन गर्न र चाँडै उपकुलपति नियुक्तीमा अग्रसता लिन आग्रह गरेको थियो ।

पदावधि सकिनुअघि तत्कालीन उपकुलपति दासले प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई तलब खुवाउन सक्नेसम्मको अधिकार प्रत्यायोजन गरे पनि कर्मचारीहरुबाटै विरोध भएपछि रजिष्ट्रार पनि पछि हटेका थिए। उनले प्रत्यायोजित अधिकार प्रयोग नगरेपछि कर्मचारीहरुले पुष महिनाको तलब समयमै पाएन्न भने प्रतिष्ठानको कामकाज पनि प्रभावित हुदै गएको थियो।
सरकारले नयाँ उपकुलपति नियुक्ती नगरेसम्म डा.श्रेष्ठले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्नेछन््। सहउपकुलपति एवं स्वास्थ्य मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समितिले नयाँ उपकुलपतिको सिफारिश गर्नुपर्ने हुन्छ । उक्त सिफारिशलाई कुलपति एवं प्रधानमन्त्रीले स्वीकृत गरेपछि मात्र उपकुलपति नियुक्ती हुने प्रावधान छ ।

 

प्रकाशित: ७ माघ २०७३ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App