१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिंहदरबारको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ।

सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए।

उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर उठाएका छैनन्।

प्रकाशित: ४ वैशाख २०८० १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App