९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पाइलट बाबा नेपाल आउँदै

सन्त महायोगी पाइलट बाबा नेपाल आउने भएका छन्। उनी यही वैशाख १५मा नेपाल आउन लागेका हुन्। भारतमा संयासीहरुको सबैभन्दा ठूलो अखाडा जूना अखाडाको वरिष्ठम महामंडलेश्वर सोमनाथ गिरी विश्वभरी पाइलट बाबाको नामले विख्यात छन्।

उनी उज्जैन पीठाधीश्वर पनि हुन्। उनै पाइलट बाबा नेपाल आउन लागेको बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रले जनाकारी दिए। उनका अनुसार बैशाख १५ गते नेपाल आई पुग्ने र नेपाल बसाईको क्रममा चितवन र हेटौडामा बस्ने कार्यतालिका तय गरिएको छ। लेखक ज्ञानमित्रका अनुसार हेटौडा– भैंसेस्थित त्रिखंडी महादेवमा उनले एउटा भव्य आश्रम बनाउन इच्छा व्यक्त गरेका छन्।  उनको भ्रमणको मुख्य उदेश्य नै त्यहाँ आश्रम निर्माण गर्ने रहेको छ। त्रिखंडी महादेव पाइलट बाबाको गुरुस्थली हो। गुरु हरि बाबा तथा हरि बाबाको गुरु अवतार बाबाको समाधि त्रिखंडीमै रहेको छ।

प्रकाशित: ४ वैशाख २०८० ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App