पाँचथर–ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। मेचीराजमार्ग अन्तर्गत फिदिमको लालिखर्कमा सडक देखि जिप खसेको हो।
ताप्लेजुङवाट विहान छुटेको मे १ ज २५४६ नम्बर जिप बाटोवाट झर्दा घाइते भएका अधिंकाशको अवस्था गम्भीर छ। दुर्घटनामा परी चालक ताप्लेजुङ नाङखोल्याङका देवान दोर्जे तामाङ, ताप्लेजुङकै ५० वर्षीया नैना कार्कीको अवस्था गम्भिर छ । दुर्घटनामा पाँचथरको याङनाम–१ का रुद्र लोवा, लेलेप ताप्लेजुङका रोसन लिम्बु, सोल्मा तेह्रथुमका सरोज खनाल, ढागिहाट मोरङ चुवन खडका, प्रेमबहादुर खड्का र जीवन खड्का घाइते भएका हुन्। घाइते खडकाहरु दाजुभाई भएको खुलेको छ ।
सितमा चिल्पिएर सडकबाट जिप खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । सडकदेखि धेरै तल जिप झरेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोखरेलले जानकारी दिए । घाइतेहरु गाडीवाट उछिटिएको अस्वस्थामा जंगलका विभिन्न ठाँउमा भेटिएका थिए । घाइतेको पाँचथर अस्पतालमा प्रारम्भिक उपचार गरीएको छ। घाइते मध्ये हालसम्म ६ जनलाई थप उपचारका लागि रिफर गरिएको छ।
प्रकाशित: १ माघ २०७३ ०६:४१ शनिबार