२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ वर्षको पहिलो दिनः तराईमा हावाहुरीको सम्भावना, अन्य क्षेत्रमा कस्तो छ मौसम ?

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ।  

देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

देशका पहाडी भेगमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षा र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

प्रकाशित: १ वैशाख २०८० ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App