४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बाटो मिचेर बनाएको प्रहरी बिट हटाउनु, नत्र कानुन प्रयोग गर्न बाध्य हुनेछौंः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरील नै बाटो मिचेर संरचना बनाएको भन्दै ति संरचना हटाउन निर्देशन दिएका छन्।

कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै नहुने भन्दै उनले कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत हुने बताएका छन्। 'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ।' बालेनले शनिबार सामाजिक संजालमा स्टाटस लेखेका छन्।

उनले फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भन्दै फुटपाथमा व्यापार गर्न रोक लगाउने नियम सर्वसाधारणलाई मात्र नभएर सबैका लागि भएको स्पष्ट पारेका छन्।  

'फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ। यो नियम सर्वसाधारणका लागि मात्रै होइन। सबैका लागि हो र हुनु पर्छ।' उनले लेखेका छन्।  

उनले सार्वजानिक संरचना मिचेर संरचना बनाउने राजदुतावास लगायत विदेशी नियोगका हकमा  सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका जानकारी दिएका छन्।  

उनी भन्छन्, 'राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ। कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ। तयार बनौँ।'

मेयर शाहले आज बिहान पनि फेसबुकमा स्टाटस राख्दै सिंहदरबारको फोहोर अब नउठाउने र देश सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गनुपर्ने बताएका थिए।

प्रकाशित: २५ चैत्र २०७९ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App