९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मुगुका ११ घरधुरी आगलागी पीडितलाई नेपाली सेनाको सहयोग

मुगु– गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पीडित परिवारलाई आज रु ६४ हजार बराबरको मन्डी कम्बल, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री वितरण गरेको नेपाली सेनाका उपसेनानी ईन्द्रबहादुर खड्काले बताए।

जिल्ला सदरमुकामबाट एक दिन पैदल दूरीमा रहेको उक्त गाउँमा आगलागी हँुदा पनि नेपाली सेना पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट ११ घरमा करिब रु ७६ लाख ५२ हजारको भौतिक सम्पत्तिको क्षति भएको थियो भने उक्त गाउँकै लालबीर बुढाकी एक वर्षीया छोरी दिलमाया बुढाको जलेर मृत्यु भएको थियो ।

आगलागी भएको ठाउँ टाढा हुँदा कुनै निकायबाट लामो समय भइसक्दा पनि कुनै किसिमको सहयोग नपाएका आगलागी पीडितलाई सेनाले गाउँमै पुगेर राहत सामग्री वितरण गर्दा पीडित जनताले राहतको महसुस गरेको स्थानीयवासी गोर्खबहादुर रोकायाले बताए।

सेनाको टोलीसँगै गएका रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुका रेन्जर लक्ष्मीनारायण शाहले व्यक्तिगतरुपमा आगलागी पीडित परिवारलाई रु ३४ हजारबराबरको कम्बल, मन्डी वितरण गरेको पनि सेनाले जनाएको छ । रासस

प्रकाशित: २ पुस २०७३ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App