३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

चिसो बढ्यो, वर्षाको सम्भावना

काठमाडौं—न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ। सतहदेखि १।५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ । 

पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ । 

मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ। पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ। 

हिउँदको सुरुवाती चरण भएकाले पनि चिसो बढेको उनले बताए। नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ। मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामा समेत बदली भएको छ। यो प्रणाली अझै एक(दुई दिन जारी रहने बताइएको छ। 

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९।५ र अधिकतम तापक्रम २२।४ रहेको छ । रासस 

प्रकाशित: १३ मंसिर २०७३ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App