६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जलेश्वर कारागारमा कैदीबीच कुटाकुट, ८ घाइते (अपडेट)

महोत्तरी—जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन्। टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ।

कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले पानी तान्ने धाराको ह्यान्डलले टाउकोमा प्रहार गरेपछि झडप सुरु भएको थियो। उनीहरु दुवै घाइते छन्। अन्य घाइतेहरुमा महोम्मद अलि याकद, सञ्जय बम्जन, दिनेश भुजेल, रमेशकुमार दास, श्यामदेव पासवान र सुरेन्द्रप्रसाद सिंह रहेका छन्। गम्भीर चोट लागेका ८ जनालाई कान्ति सामुदायिक अस्पताल लगिएको छ।

नेपाली सेना, जिल्ला प्रहरी कार्यालयको टोलीले घटनालाई नियन्त्रणमा लिएको प्रहरी इन्स्पेक्टर रवीन्द्र खनालले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७३ ०५:५५ आइतबार

जलेश्वर कारागारमा कैदीबीच कुटाकुट घाइते अपडेट