१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते

गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।  

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार बागमति प्रदेशको  ०१००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडीले पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको प्रहरीले जनाएको छ।  

त्यस्तै सोहि सवारी दुर्घटना हुँदा बा ६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। सवारी दुर्घटनाबाट घाइते भएकाहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७९ ०८:१८ सोमबार

गोरखा सवारी दुर्घटना