२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पाकेटमार चेक साट्न बैंक पुगेपछि...

काठमाडौं- तीनकुने बस्ने केशवराज फुलारा सोमबार नयाँ बानेस्वरबाट कुपण्डोल तर्फ सार्वजनिक यातायातमा जाँदै थिए। बसमा अलि भिड थियो। त्यही भिडमा उनको पकेट मारियो। तत्काल पुलाराले थाहा पाएनन्। जव बसबाट ओर्लिएर उनले गाडी भाडा तिर्न पर्स निकाल्न खोजे त्यति बेला उनी झ्सकिए। पकेटमा पर्स थिएन। त्यतिबेला मात्रै उनले आफु लुटिएको चाल पाए।  

साट्न भनेर हिडेको नविल बैंकको २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक, पाँच सय र केही महत्वपूर्ण कागज उनको पर्समा थिए। उनलाई आफ्नो हराएको चेकको चिन्ता भयो। फुलाराले बसमा आफ्नो पर्स खोज्न तिर लागेनन्। उनले सिधै आफु लुटिएको भन्दै ललितपुर प्रहरीलाई सुचित गरे।  प्रहरीले उनीसँग चेकको विस्तृत विवरण माग्यो। फुलाराले प्रहरीलाई चेकमा उल्खे नाम, रकम र बैंकको नाम दिए।

'प्राप्त सूचना अनुसार हामीले सम्वन्धित बैंकसँग समन्वय गर्‍यौं र सोही अनुसार टोली परिचालन गर्‍यौं', महानगरिय प्रहरी प्रभाग ललितपुर प्रमुख एसएसपी पिताम्वर अधिकारीले भने, 'हराएको तीन घण्टा भित्रै चेक सहित पकेटमारलाई चेक साट्न बैंकमा लाइन बसेको बेला पक्राउन गर्‍यौं।'

प्रहरीले चेक साट्न लाइनमा बसिरहेका विशु रोक्का र उनका भाइ सन्जिव रोक्कालाई नविल बैंक कुपण्डोल शाखाबाट पक्राउ गरेको अधिकारीले बताए। चेक साट्न आफ्नो नागरिकता नभएपछि विशुले आफ्ना भाइ सन्जिवलाई नागरिकता सहित लाइनमा राखेर आफु बाहिर निगरानी गरेर बसिरहेको अवस्थामा प्रहरीले दुवै दाजुभाइलाई पक्राउ गरेको हो।

 

रोक्का दाजुभाइ कनेक्सनले अर्का पकेटमार पक्राउ

सोही दिन महानगरिय प्रहरी प्रभाव ललितपुरमा एक चिनियाँ नागरिकको मोवाइल चोरिएको उजुरी पर्‍यो। थसिखेल चोकबाट मोवाइल चोरिएको भन्दै क्यङसक सीनले उजुरी दिए। प्रहरीले तत्कालै त्यस अघि पक्राउ परेका रोक्का दाजुभाइसँग पकेटमारको सञ्जालबारे सोधपुछ गर्‍यो। सोधपुछ गर्दा उनीहरु संगठित पकेटमारमा लागेको खुल्यो। नभन्दै रोक्का दाजुभाइले तोकेका व्याक्तिहरुनै चिनियाँ नागरिकको मोवाइल चोर्ने समूहमा रहेको खुल्यो।

प्रहरीले रोक्का दाजुभाइले भनेका धनराज रुम्वा र सन्तोष वस्याललाई पक्राउ गरेर खानतलासी गर्दा उनीहरुबाट चिनियाँ नागरिकको हराएको सामसङ मोवाइल फेलापर्‍यो। प्रहरीले मोवाइल चोर्ने गिरोहनै सक्रिय रहेको र ति मध्ये केहीलाई पहिचान गरेको बताएको छ।

 

 

 

 

प्रकाशित: ३० कार्तिक २०७३ ०९:५९ मंगलबार

पाकेटमार चेक साट्न बैंक पुगेपछि...