९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लोकन्थलीमा आगलागी, २० लाखको क्षति, २ घाइते

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थली गुरुङ टोलको एक किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति भएको छ। घटनामा २ जना सामान्य घाइते भएका छन्।

घटनामा स्थानीय भोजबहादुर गुरुङको घरमा पसल गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाको सिपिङ–६ का मनकला बस्नेतको किराना पसल जलेको हो। घटनामा मनकलाका ४२ वर्षीय श्रीमान टोपबहादुर बस्नेत र १४ वर्षका छोरा सविन घाइते भएका हुन् । घाइतेहरुको स्थानीय समिट(मितेरी) अस्पतालमा उपचार भइरहेको छ।

विद्युत् सर्ट भई सल्किएको आगोले पसलमा रहेको ग्यास सिलिन्डरसमेत जल्न पुग्दा बढी क्षति भएको बताइएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।  

प्रकाशित: २३ कार्तिक २०७३ १३:५३ मंगलबार

लोकन्थलीमा आगलागी २० लाखको क्षति घाइते