१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

छठ पर्व शुक्रबारबाट सुरु

सर्लाही– निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व मनाउने ब्रतालुहरु आज ‘नहाय–खाय’ अर्थात नुहाएर खाएने चलन छ।

सूर्य देवको उपासना गरिने यस पर्वको पहिलो दिन आज व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन्। पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ। पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन्।  

पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर ‘सझुका अरख’ अघ्र्य दिन्छ। झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरी जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ। उदाउँदो सूर्यलाई दिइने यो अघ्र्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता छ। छठमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, नयाँ छ्याँची (माटोको भाँडा)मा जमाइएको दही, उखुका लाँक्रा र मौसमअनुसारका फलपूmल सूर्यलाई अघ्र्य दिँदा देखाइने चलन छ। ‘भोरका अरख’  सम्पन्न भएसँगैं इष्टजनसँगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ।

छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठको  तयारी तीव्र भएको छ। नहर, नदी, पोखरी, जलाश्य, तलाउमा छठ पुजाका लागि घाट बनाउने काम भइरहेको छ। सर्लाहीहो मलंगवाको पोखरी संगै पोखरी र नहरमा छठ पूजाका लागि सरसजावट थालिएको छ।

प्रकाशित: १९ कार्तिक २०७३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App