१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

खुकुरी प्रहारबाट एक युवक गम्भीर

माेरङ– मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् ।

मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारी लगायतका युवाले आज बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।

खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ । रासस

प्रकाशित: १७ कार्तिक २०७३ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App