१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिहारमा अमर्यादित क्रियाकलाप नगर्न प्रहरीको माइकिङ

जुम्ला– जिल्ला प्रहरी कार्यालय जुम्लाले तिहार अवधीभर अमर्यादित क्रियाकलाप नगर्न माइकिङ गरेको खलंगाबजारको बसपार्क, कालेखोली, अनामनगर, विजयनगर आसपासमा प्रहरीले माइकिङ गरेको हो। तिहारको अवसरमा रचनात्मक क्रियाकलाप गरेर समाजको शोभा बढाउनु पर्ने भन्दै कुनै पनि अशोभनीय क्रियाकलाप नगर्न आग्रह गरिएको हो।

अत्याधिक मदिरापान नगर्न, गक्षअनुसुारले तिहार वनाउन र आदार सम्मान पुर्वक भाइटीकामा सहभागी भई शान्ति अमनचयन कायम राख्ने सवालमा सहयोग पुरयाउन स्थानीयलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुरोध गरेको हो। प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले तिहारमा जुवातास, मदिरापान, हो हल्ला गर्ने जो सुकैलाई पक्राउ गरेर थुन्ने बताए। उनले भने वर्षको एक दिन आउने चाडवाडलाई मर्यादित र अनुशासन पूर्वक मनाउन अनुरोध गर्दछांै। उनले राति १० वजे भन्दा पछि देउसी भैलो नखेल्न भैलेरालाई निर्देशन दिएका छन्।

तिहारमा हुन सक्ने संभावित घटनालाई ध्यान दिँदै प्रहरीले चौतर्फि रुपमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गाउँमा रहेका प्रहरी चौकीलाई शान्ति सुरक्षालाई कडा बनाउन निर्देशन गरिएको प्रहरीले जनाएको छ। तिहार शुरु भएदेखि नै प्रहरीले गस्ती टोलि बढाएको छ। रातभर मोबाइल गस्तीलाई खटाउँदै आएकोमा दिनभर सादा पोशाकका प्रहरी परिचालन गरी शान्ति सुरक्षालाई खलवलिन नदिने वातावरण वनाएको प्रहरी नायव उपरीक्षक काफ्ले बताए।  

प्रहरीले माइकिङ गरेर तिहारलाई भव्य र सभ्य रुपमा मनाउन भनेको छ। दिदीबहिनीहरुले दाजुभाईलाई गर्ने सम्मान सत्कारको संरक्षण गर्न जोड दिइएको छ ।    
 

प्रकाशित: १५ कार्तिक २०७३ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App