९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रिहा भए अभिनेता पल शाह, कारागार बाहिर फ्यानहरुको भीड

तस्वीरः हेमराज थापाकाे फेसबुकबाट

बालयौन दुरूपयोग मुद्दामा जेल परेका अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले आइतबार सफाई दिएपछि उनी जेलमुक्त भएका हुन्। सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर पल छुटेका हुन्।  

शाहमाथि सुटिङका क्रममा आफूमाथि बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिकले २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहले फागुन १५ गते आत्मसमर्पण गरेका थिए। ति बालिकाले नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।

सुरुमा बलात्कार भनी जाहेरी दिए पनि पछि बकपत्र गर्दा भने ती नाबालिगले बयान फेरेर बलात्कार नभएको बताएकी थिइन्। सोही मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा र नवलपुर प्रहरीले नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। तीमध्ये तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिँदा नवलपुरले भने कैद र जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

तर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।  

उनलाई स्वागत गर्न तनहुँ कारागार बाहिर फ्यानहरुको ठुलो भीड लागेको थियो। उनीहरुले 'पल शाह हाई हाई' भन्दै नाराबाजीसमेत गरेका थिए। पल शाह आजै काठमाडौं आउने बुझिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App