४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

लेडयुक्त पेन्टको जोखिमबाट बच्न अन्तराष्ट्रिय सचेतना सप्ताह सुरु


काठमाडौं– लेड(सीसा)को बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ। जनस्वास्थ तथा वातावरण प्रर्वद्धन केन्द्रले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लेडको बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको बारेमा जानकारी गराएको हो।

मानव जीवनमा घातकको रुपमा रहेका दशवटा रसायन मध्ये लेड अर्थात सीसा पनि एक हो भन्दै जनस्वास्थ तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले पत्रकार सम्मेलन गरेर १३ गतेसम्म विविध कार्यक्रम गरी बालबालिकाको स्वास्थ्य जोगाउन लेडमुक्त पेन्ट उन्मुलनका लागि सरकारी प्रभावकारी कार्यान्वयनमा जोड भन्ने मुल नाराका साथ सप्ताहको समापन हुने जनाए।
निर्देशक साहले नेपाल सरकारले तोकेको मापदण्ड विपरीत लेडको प्रयोग भइहेको बारेमा ध्यान दिन नसकेको बताएका छन्।

कार्यक्रममा वातावरण विभाग निरीक्षक राजेश्वर पौडेलले एक लिटर पेन्टस्मा ९० ग्रामभन्दा कम लेड भएका रङहरू प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेका छन्। उनले लेडको असर मन्द विषको रुपमा मानव जीवनलाई आक्रमण गरिरहेको बताए।

क्यूपेक प्रतिनिधि कृष्ण रिमालले हानिकारक बस्तुहरूको प्रयोगमा सरकाले कडाई गर्ने तर आयातमा कुनै ध्यान नदिने भन्दै सरकार नै यस्ता विषादीहरूको भागिदार हुनुपर्ने बताए। उनले राजस्वको लोभमा आम नागरीकहरूले लेडको चरम असर खेप्न बाध्य भएको बताए।

प्रकाशित: ७ कार्तिक २०७३ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App